देउवाले बोलाए पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

लोकपथ
343
Shares

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग आज महाधिवेशनको मिति र अन्य विषयमा छलफल गर्ने भएका छन् ।

उपसभापति पूर्णबहादुर खड्काले पहल गरे पनि सहमति नपाएपछि देउवाले आफैँ बैठक आह्वान गरेका हुन् । 

देउवाले दिउँसो १ बजे महाराजगन्जस्थित निवासमा बैठक बोलाएका छन् ।

बैठकमा नेता डा.शेखर कोइराला र निवर्तमान गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनेछन् ।

देउवाको प्रत्यक्ष पहलपछि महाधिवेशनको मितिबारे टुंगो लाग्ने अपेक्षा गरिएको छ । यसअघि सहमति नबन्दा कांग्रेसका बैठकहरू पटक पटक स्थगित हुँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?