सिन्धुली । मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका–२ गागनमा आज बिहान यात्रीबहाक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सवेदीका अनुसार पोखराबाट कटारीतर्फ जाँदै गरेको बस र डकाहाबाट झुगातर्फ आइरहेको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दुधौली–३ का २५ वर्षीय महेश कुमरको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका कमलामाई नगरपालिका–१४ चन्दनपुरका २५ वर्षीय दिपेश कुमरको दुधौली नगर अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि बस चालक उदयपुरको कटारी नगरपालिका–३ का श्यामकुमार भट्टराई फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया