काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आज आइतबार गण्डकी प्रदेशलक्षित एकता सन्देश सभा पोखरामा आयोजना गर्दैछ ।
कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।
नेकपाले भोलि सोमबार कोशी प्रदेशको विराटनगरमा, मंसिर १८ गते कर्णाली प्रदेशको सुर्खेतमा, मंसिर २० गते मधेस प्रदेशको जनकपुरमा र मंसिर २३ गते बागमती प्रदेशको हेटौँडामा एकता सन्देश सभा गर्ने तालिका सार्वजनिक गरेको छ ।
यसअघि पार्टीले शुक्रबार सुदूरपश्चिमका धनगढी र शनिबार लुम्बिनी प्रदेशको दाङ देउखुरीमा सभा गरी प्रदेशस्तरीय सन्देश प्रवाह सुरु गरिसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया