बाघको आक्रमणबाट महिलाको मृत्यु

लोकपथ
511
Shares
फाइल तस्बिर

रामेछाप । रामेछापको मन्थली नगरपालिका–९ स्थित पुरानागाँउमा गए राति बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाकी वर्ष ६६ कि गङ्गामाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख भोलाकुमार भट्टले जानकारी दिए । 

उनका अनुसार महिलाको शव क्षत विक्षत अवस्थामा स्थानीयले फेला परेपछि आफूहरूलाई जानकारी गराएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?