ताप्लेजुङमा एमाले प्रतिनिधि सर्वसम्मत

लोकपथ
329
Shares

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आगामी मंसिर २७ गते काठमाडौंमा हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि ताप्लेजुङबाट १२ जना प्रतिनिधि सर्वसम्मतता चयन भएका छन् ।

निर्वाचन अधिकृत राजकुमार चुडालका अनुसार खुलातर्फ दिपेन पोमु, घनेन्द्र मादेन, अनन्त साँवा, कैलाश राई, ज्ञानु लावती र छत्रपति प्याकुरेल प्रतिनिधि चयन भएका छन् ।

त्यसैगरी, महिलातर्फ रनमाया गुरुङ, मीना केदेम, प्रमिला खनाल र टीका सुवेदी चयन भएका छन् । युवातर्फ गोपाल न्यौपाने र दलिततर्फ बुद्धिमान परियार प्रतिनिधि बनेका छन् ।

एमालेको जिल्ला स्तरीय संरचनाबाट महाधिवेशन प्रतिनिधि चयन कार्य सर्वसम्मत रूपमा सम्पन्न भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?