कांग्रेस शीर्ष नेताहरूबिच आज पनि छलफल हुँदै

लोकपथ
161
Shares

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन कहिले गर्ने भन्ने विषयमा सहमति नजुटेपछि शीर्ष नेताहरू आज फेरि छलफलमा बस्ने भएका छन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा आज शनिबार दिउँसो २ बजे सभापति शेरबहादुर देउवासँग भेटेर विवाद समाधान गर्न छलफल गर्ने तय भएको छ । सभापति देउवा महाराजगञ्जको भाडाको निवासमा बस्दै आएका छन् ।

कांग्रेसले महाधिवेशनको कार्यपालिका तय गर्न नसक्दै आएको छ । देउवा नजिकका नेताहरूले प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन गर्न नहुने बताइरहेका छन्, तर देउवा भने पुसमै महाधिवेशन सम्भव भएको पक्षमा देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?