सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आइतबार राति भएको सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–२ स्थित वडा कार्यालय अगाडि भएको दुर्घटनामा गम्भीर घाइते भएका आचार्यको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले पुष्टि गरेको छ।
कालिकोटस्थित रेडियो तिला आवाजका स्टेसन म्यानेजर तथा प्रेस सेन्टर कालिकोटका अध्यक्ष समेत रहेका ३४ वर्षीय आचार्य स्कुटरमा सवार अवस्थामा दुर्घटनामा परेका थिए।
प्रहरीका अनुसार मुलपानीबाट भुरेलीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल (चालक २३ वर्षीय यामबहादुर शाही) र आचार्य सवार लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक शाही पनि घाइते भएका छन् । उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया