जेनजीका प्रतिनिधिसँग प्रधानमन्त्री कार्कीको भेट

लोकपथ
693
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज जेनजी आन्दोलनका अगुवा प्रतिनिधिहरुसँग छलफल गरेकी छन् ।

सरकार र आन्दोलनकारीबिच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रुप दिने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जेनजी प्रतिनिधिहरुले सम्झौतामा हस्ताक्षर गर्ने काम चाँडो टुंगो लगाउन आग्रह गरे ।

सरकारका अधिकारीहरुले जेनजीका तर्फबाट प्राप्त दस्तावेज अध्ययन गरी अन्तिम रुप दिने क्रममै रहेको बताएका थिए।

त्यस्तै प्रधानमन्त्री कार्कीले यो विषय चाँडो टुंग्याउन समेत निर्देशन दिइन् ।

उनले भनिन्, ‘अब यो विषय धेरै लम्ब्याउनुहुँदैन । आज सकिन्छ भने आजै, आज नभए भोलि शनिबारको दिनसमेत काम गर्नुहोस् । पर्सि आइतबार दिनभर लागे लागोस्, जेजे हेर्नुपर्छ हेर्नुपर्छ, हेर्नुहोस् । सोमबारभित्रमा अन्तिम रुप दिइएको हुनुपर्छ । अब धेरै दिन कुर्न सकिँदैन । हस्ताक्षर गरेकै कारणले केही बेहोर्नुपरे म बेहोरौँला । मेरो सिंगो मन्त्रिपरिषद्ले त्यसको जिम्मेवारी लिन्छ । यो राजनीतिक दस्तावेज हो । कर्मचारी प्रशासकहरुले चिन्ता लिनुपर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?