पुस मसान्तभित्रै कांग्रेसको नियमित महाधिवेशन हुनसक्छ : धनराज गुरुङ

लोकपथ
245
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी पुस मसान्तभित्र पार्टीको नियमित महाधिवेशन हुनसक्ने दाबी गरेका छन् ।

शुक्रबार सभापति शेरबहादुर देउवाको निवासमा भएको अनौपचारिक बैठक सकारात्मक भएको समेत बताए । साथै सो बैठकमा पार्टीको नियमित महाधिवेशन पुसको मसान्त मिलनबिन्दु हुनसक्ने उनले बताए ।

साथै सबै नेताहरुलाई आ–आफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्न समेत उपसभापति गुरुङले आग्रह गरे ।

‘आदरणीय सभापतिज्युको निवासमा आज भएको अनौपचारिक बैठक केही हदसम्म सकरात्मक दिशामा अगाडी बढेको छ।
नियमित महाधिवेशन पौष मसान्त मिलनविन्दु बन्न सक्छ। सबै नेता साथीहरुले आआफ्नो तर्फबाट सकरात्मक भुमिका निर्वाह गरौं।
धैर्य गरौँ,’ उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् ।

पछिल्ला दिनहरुमा नेपाली कांग्रेसका आगामी १५औँ महाधिवेशनको विषय पेचिलो बनिरहेको छ । कांग्रेसभित्र नियमित महाधिवेशन गर्ने वा विशेष महाधिवेशन गर्ने बहस चलिरहेको छ । जसकारण गत असोज २८ गतेबाट सुरु भएको केन्द्रीय समिति बैठकले कुनै निर्णय समेत गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?