आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी मुलुकको प्रमुख शक्ति बन्नेछ : भीम रावल

लोकपथ
196
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीमबहादुर रावलले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी मुलुकको प्रमुख राजनीतिक शक्ति बन्ने बताएका छन् ।

शुक्रबार सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उनले सो दाबी गरेका हुन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका रावलले सुदूरपश्चिम प्रदेशको समस्या समाधन गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको जिकिर गर्दै यसलाई साथ दिन पनि सबैलाई आग्रह गरे । नेता रावलले सुदूरपश्चिम प्रदेशका कठिनाईलाई सम्बोधन गर्न पनि आफ्नो पार्टी तयार रहेको बताए ।

उनले भने,‘अब प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मा होस्, वा अरु दिन होस् । अब नेपाली कम्युनिष्ट पार्टी यो देशको प्रमुख राजनीतिकक शक्ति भएर तपाईहरुलाई नेतृत्व दिनेछ । त्यो कुरामा तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु । यसमा तपाईहरुले होष्टेमा हैसे दिनुहोस् । यो सुदूरपश्चिको नदी, विभिन्न सिंचाई आयोजना, हाम्रा वनस्पती, हाम्रो कृषि, युवाहरुको रोजगारीका लागि तपाईहरु हामीलाई साथ दिनुहोस्, हामी दृढतापूर्वक तपाईहरुलाई साथ दिन तयार छौ । तपाईहरुको कठिनाईमा नेपाली कम्युनिष्ट पार्टी सदा तयार छ ।’

नेता रावलले विगतमा पनि नेकपालाई जनताले साथ दिएको तर त्यसलाई जोगाउने काम केपी ओलीले गर्न नसकेको आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?