कैलाली । विभिन्न वाम घटकहरूलाई समेटेर गठन गरिएको नेपाली कम्युनिष्ट पार्टीले आज धनगढीमा सन्देश सभा गर्ने भएको छ ।
पार्टी गठनपछि सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने योजनाअनुसार सुदूरपश्चिमबाट कार्यक्रमको सुरुवात गरिन लागिएको हो ।
धनगढीमा हुने कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, नेता भीम रावललगायत शीर्ष नेताहरूको सहभागिता रहनेछ ।
नवगठित पार्टीले देशव्यापी संगठन विस्तार, राजनीतिक एजेन्डाबारे जनतामाझ जानकारी गराउने र वाम एकताबारे सन्देश प्रवाह गर्ने उद्देश्यसहित सन्देश सभा सुरु गरिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया