काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सक्रिय राजनीतिक गर्ने वातावरण बने पदमा रही रहनुपर्छ भन्ने मानसिकतामा आफूहरु नरहेको दाबी गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले उमेरको हिसावले धेरैजसो नेताहरु उत्तरार्द्धमा रहेको बताए । तर राष्ट्रप्रतिको जिम्मेवारी, राष्ट्र जसरी भएपनि बचाउनुपर्छ, समाजवादको यात्रा जसरी पनि अगाडि बढाउनुपर्छ भन्नेकुरामा जेनजी युवा भन्दा कम नरहेको बताए । अन्तिम समयसम्म आफूहरु सक्रिय भूमिका निर्वाह गर्ने आकंक्षामा रहेको बताए ।
जेनजीलाई सही बाटोमा ल्याइ समाजवादी क्रान्ति सम्पन्न गर्ने आफूहरुको चाहना रहेको बताए ।
उनले भने, ‘हुनतः हामी उमेरको हिसावले धेरैजसो नेताहरुले यहाँ अहिलेको उपस्थित छौँ । हामी उत्तराद्र्धतिर छौँ । तर राष्ट्रप्रतिको जिम्मेवारी, यो राष्ट्र जसरी भएपनि बचाउनुपर्छ, समाजवादको यात्रा जसरी पनि अगाडि बढाउनुपर्छ भन्नेकुरामा हामी कुनै जेनजी युवा भन्दा कम पनि छैनौँ । अन्तिम समयसम्म हामी त्यो भूमिका पूरा गर्न चाहन्छौँ । जेनजी युवाहरुको असली अभिभावक बन्न चाहन्छौँ । उनीहरुलाई सही बाटोमा ल्याउने र त्यो तागतलाई जोडेर समाजवादी क्रान्ति सम्पन्न गर्न चाहन्छौँ । यसो भन्दै गर्दा पदमा बसिराख्न खोजे भन्ने होलान् । हामी पद भइराख्नुपर्छ भन्ने छैन । हामीलाई सक्रिय राजनीतिक गर्ने वातावरण बन्यो भने पद हाम्रो लागि ठूलो कुरा होइन ।’
संयोजक दाहालले आफूहरुको एकता एउटा आन्दोलन भएको बताए । आफूहरुको उद्देश्य निर्वाचनको वातावरण बनाउनु रहेको पनि बताउनु भयो । नेपाली कम्युनिष्ट पार्टीले युवाहरुको आवाजलाई मुखरित गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया