काठमाडौं । नेकपा एमालेका नेताहरुले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटघाट गरेका छन् ।
बिहीबार दिउँसो प्रधानमन्त्री कार्कीलाई भेट्न एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला बालुवाटार पुगेका हुन् ।
भेटका क्रममा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित सञ्चारमन्त्री जगदीश खरेल समेत सहभागि रहेका छन् ।
सरकारले आगामी फागुन २१ को निर्वाचनको तयारी गरिरहँदा एमालेले भने देशमा निर्वाचनको वातावरण नभएको भन्दै सरकारको आलोचना गर्दैै आइरहेको छ । त्यसो एमाले नेताहरु काठमाडौं बाहिर जाँदा विरोधसहित झडपको स्थिति सिर्जना भइरहेको छ । जसका कारण एमालेले सरकारले शान्ति सुरक्षाको प्रत्याभूती दिलाउन नसकेको भन्दै आलोचना गरिरहेका बेला सरकारसँग द्वीपक्षीय वार्ता भएको हो । म
अहिले बालुवाटारमा वार्ता चलिरहेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले लोकपथलाई जानकारी दिए । उनका अनुसार भेटमा आगामी निर्वाचन र समसामयिक राजनीतिक ा विषयमा छलफल भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया