काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएका राजेन्द्र श्रेष्ठ समूह आज पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदैछन् ।
प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजे सुरु हुने कार्यक्रममा एकता घोषणा हुने भएको हो । समारोहमा नेकपा र जसपा समूहका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।
सुरुमा अशोक राई नेतृत्वको जसपा पूरै नेकपामा जाने भएको थियो तर पटकपटक वार्तामा कुरा नमिलेपछि श्रेष्ठ समूह मात्र नेकपामा जान लागेको हो ।
गत आइतबार जसपाबाट संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठलगायत ६ नेताहरू नेकपामा समाहित भइसकेका थिए । बिहीबार औपचारिक घोषणा हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया