काठमाडौं । वैकल्पिक राजनीतिका नाममा उदाएका दुई दल एकीकरण हुने भएका छन् ।
आफूलाई राजनीतिको वैकल्पिक शक्ति मान्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टी एकता हुन लागेका हुन् ।
आज बसेको विवेकशील साझाको केन्द्रीय समिति बैठकले रास्वपासँग एकीकरण गरेर अघि बढ्ने निर्णय भएको प्रवक्ता आशुतोष प्रधानले जानकारी दिए ।
आजको बैठकमा पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारले ‘वैकल्पिक राजनीतिक दलबिचको बृहत्तर धु्रविकरण र एकीकरण’ को प्रस्ताव अघि सारेका थिए । सो प्रस्तावलाई बैठकले अनुमोदन गरेसँगै दुई दल मिल्ने भएका हुन् ।
‘वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यताको महसुस भईरहेको बेला नवयुवाहरुको आन्दोलन ‘जेनजी विद्रोह’ले विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिचको एकीकरणलाई तिब्रत्तर बनाईदियो, निर्वाचनमा पहिलो शक्ति भएर नेपाली जनताको विकास, सम्वृद्धि र सुशासनको उत्कट चाहनालाई परिणाममुखी बनाउने राजकीय दायित्वलाई सफल बनाउने प्रतिवद्धताका साथ एकीकरण गरिएको हो, यसले राष्ट्रिय सन्देश दिन्छ,’ संयोजक एवं उपाध्यक्ष परियारले भनेका छन् ।
दुवै दलले आगामी आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा पार्टी एकीकरण सभा गर्ने बताएका छन् ।
बैठकको निर्णयपछि विवेकशील साझाले भनेको छ :
विवेकशील साझा पार्टीले गर्यो राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकीकरण गर्ने निर्णय:
घोषणा आईतवार राष्ट्रिय सभामा
काठमाडोैँ!
वैकल्पिक राजनीतिको अग्रणी दल विवेकशील साझा पार्टीले निकट मित्र शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकीकरण गर्ने निर्णय गरेको छ।
पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको बैकल्पिक राजनीतिक दलवीचको ‘बृहत्तर ध्रुबिकरण/ एकीकरण प्रस्ताव’लाई सर्वसम्मत अनुमोदन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकीकरण गर्ने निर्णयलाई पारित गरिएको हो।
‘वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यताको महसुस भईरहेको वेला नवयुवाहरुको आन्दोलन ‘जेनजी विद्रोह’ले विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीवीचको एकीकरणलाई तिब्रत्तर बनाईदियो, निर्वाचनमा पहिलो शक्ति भएर नेपाली जनताको विकास,संबृद्धि र सुशासनको उत्कट चाहनालाई परिणाममुखी बनाउने राजकीय दायित्वलाई सफल बनाउने प्रतिवद्धताका साथ एकीकरण गरिएको हो, यसले राष्ट्रिय सन्देस दिन्छ’, संयोजक एवं उपाध्यक्ष परियारको टिप्पणी छ।
पार्टी एकीकरणका अन्य प्राविधिक सवालहरु दुवै दलका नेतृत्वहरुको उच्च समझदारीको जगमा चाँडै सहमतिमा टुंग्याईने छ। आगामी आईतवार राष्ट्रिय सभागृहमा घोषणा कार्यक्रम हुनेछ।
वैकल्पिक राजनीतिका प्रणेता पार्टीका संस्थापक स्व.उज्वल थापाको योगदान र ‘विवेकशील आन्दोलन’लाई लिपीवद्ध गर्ने र प्रतिनिधि सभा निर्वाचनलाई परिणाममुखी बनाउने मुख्य बुँदामा दुई दलवीच एकीकरण भएको हो।
आशुतोष प्रधान
प्रवक्ता
विवेकशील साझा पार्टी
२०८२/०८/१०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया