वर्तमान सरकारलाई अदालतले संवैधानिक ठहर्‍याउने ठाउँ छैन : केपी शर्मा ओली

लोकपथ
42
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको संवैधानिक परीक्षण अब अदालतबाटै हुनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको जनप्रदर्शन तथा जनसभामा उनले वर्तमान सरकार ‘असंवैधानिक’ बाटोबाट बनेको आरोप लगाएका हुन् ।

ओलीले हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटको श्रृंखलामार्फत सरकार निर्माण भएको दाबी गर्दै अदालतले कुनै पनि हालतमा यस्तो सरकारलाई संवैधानिक ठहर्याउन नसक्ने बताए ।

उनले भने, ‘देशमा संविधान अनुसार नबनेको सरकार छ। लोकतान्त्रिक प्रक्रिया मिचेर बनाइएको सरकार छ । यस्तो सरकारलाई संवैधानिक ठहर्याउने ठाउँ संविधानले दिँदैन। अदालतले पनि यसलाई संवैधानिक भन्न सक्दैन ।’

अध्यक्ष ओलीले वर्तमान सरकारलाई लोकतन्त्रविरुद्ध निर्माण गरिएको व्यवस्थाको परिणामका रूपमा प्रस्तुत गर्दै ‘अवैधानिक र कृत्रिम’ सरकारको संज्ञा दिए । उनका अनुसार देशमा देखिएको राष्ट्रिय संकटको समाधान गर्ने अगुवाइ एमालेले नै लिनेछ ।

उनले पार्टी आगामी दिनमा संविधान र लोकतन्त्रको रक्षा गर्दै राष्ट्रिय समस्या समाधानको नेतृत्व गर्ने दृढता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?