कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

लोकपथ
77
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (शनिबार) पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयस्थित बीपी स्मृति भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो  । 

असोज २८ गतेदेखि जारी बैठकको मुख्य एजेन्डा पार्टीको १५ औँ महाधिवेशनको मिति तय गर्ने रहे पनि नेताहरूबिच सहमति बन्न सकेको छैन । 

बैठकमा विभिन्न पदाधिकारी र सदस्यहरूले आ-आफ्ना धारणा राखिरहेका छन्।

आगामी आमनिर्वाचनअघि महाधिवेशन गर्ने कि पछि गर्ने भन्ने विषयमा पदाधिकारीहरू दुई धारमा छन् । कार्यबाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायतले सहमति जुटाउने प्रयास गरे पनि कुनै निष्कर्ष निस्किन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?