प्रधानमन्त्री कार्कीले बोलाइन् राष्ट्रिय सुरक्षा परिषद्को बैठक

लोकपथ
406
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरा क्षेत्रमा बिग्रिएको सुरक्षा अवस्थाबारे छलफल गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् । बैठक आज दिउँसो साढे २ बजे सिंहदरबारस्थित परिषद् सचिवालयमा बस्ने भएको छ ।

सिमरामा बुधबार जेनजी युवाहरूले एमाले नेताहरू आउने भन्दै विमानस्थल परिसरमा तोडफोड गरेका थिए । उनीहरूले सडकमा आगजनी समेत गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । त्यसपछि बुधबार राति ८ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको थियो ।

आज फेरि अवस्था उग्र बनेपछि त्यहाँ कर्फ्यु दोहोर्‍याइएको छ। यसैबीच, शान्ति–सुरक्षाको अवस्था मजबुत बनाउन सरकारको ध्यानाकर्षण गराउँदै राष्ट्रिय मानव अधिकार आयोगले पनि प्रतिक्रिया जनाएको छ।

यसअघि हिजो साँझ गृह मन्त्रालयमा पनि सुरक्षा परिषद्को बैठक बसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?