काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले हाल देशमा देखिएको राजनीतिक घटनाक्रमलाई प्रतिगामी भन्दै त्यसका विरुद्ध पार्टी सडक आन्दोलनमा जानुपर्ने बताएका छन् ।
मंगलबार पार्टीको विघटित संसदीय दलको बैठकमा बोल्दै उनले संविधानमाथिको आक्रमण रोक्न जनस्तरमै निर्णायक आन्दोलन आवश्यक रहेको उल्लेख गरे ।
उनका अनुसार गत भदौ २३ र २४ मा भएको जेन–जेड आन्दोलनलाई संविधानमाथिको सीधा आक्रमणका रूपमा व्याख्या गर्दै एमाले नेतृत्वले त्यसको राजनीतिक प्रभाव पहिलो प्राथमिकतामा राखेको छ ।
उनले अनधिकृत रूपमा संसद विघटन गरिएको र सदनबाहिरबाट सरकार गठन गरिएको आरोप लगाउँदै यस्तो कदमले संविधान ‘घाइते’ बनेको दाबी गरे ।
पौडेलले पार्टी अब जनतालाई संगठित गर्दै सडक आन्दोलनमा उत्रिने निष्कर्षमा पुगेको बताए ।
उनले भने, ‘देशमा भएको प्रतिगमनको विरुद्ध आन्दोलनमा जानुपर्ने जिम्मेवारी हाम्रो हो । सुविचारसहित जनताको माझमा जानुपर्छ, जनतालाई संगठित र आन्दोलित गर्नुपर्छ ।’
उनका अनुसार प्रतिनिधि सभा पुनःस्थापनाका लागि निर्णायक आन्दोलन अघि बढाउन पार्टी आन्तरिक रूपमा निरन्तर छलफलमै रहेको छ ।
उनले एमालेको इतिहास नै प्रतिगमनविरुद्ध उभिने परम्परामा आधारित रहेको उल्लेख गर्दै, आगामी कदम ‘खरो’ हुने संकेत दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया