राजसंस्था पुनःस्थापनाका लागि कुनैपनि हदसम्म जान तयार छु : शंकर भण्डारी

लोकपथ
938
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले राजसंस्था पुनःस्थापनाका लागि आफू कुनै पनि हदसम्म जान तयार रहेको बताएका छन् । मंगलबार ‘जेन–जेड अलायन्स फर मोनार्की’ले आयोजना गरेको गोलमेच कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

भण्डारीले आफू राजावादी नभएपनि मुलुकको वर्तमान परिस्थितिले आवश्यक ठाने राजसंस्था पुनःस्थापनामा योगदान दिन तयार रहेको बताए । उनले कांग्रेसभित्र पदका लागि सिद्धान्त त्याग्ने प्रवृत्ति हावी भएको र यस कारण आफू बदनाम भएको आरोप लगाए ।

उनले भने, ‘म राजावादी होइन तर देशको लागि राजा आवश्यक भए म आफ्नो भूमिका निर्वाह गर्न तयार छु, परिआए बलिदान दिन पनि तयार छु। पदका लागि मान्छेले सिद्धान्त त्याग्दै आएको कारण कांग्रेसभित्र पनि भ्रष्टाचार देखिएको छ ।’

भण्डारीले हिन्दु राज्य र राजसंस्था पक्षधरहरूलाई सञ्चारमाध्यमले समेत असहयोग गरेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?