काठमाडौं । सर्वोच्च अदालतको फैसलाको पर्खाइमा रहेको ७ राजनीतिक दलले मधेसका मुख्यमन्त्री नियुक्तिको विरोधमा नवौँ दिन पनि आन्दोलनको कार्यक्रमलाई जारी राखेका छन् ।
मधेस सरकार गठनसम्बन्धी विवादलाई लिएर दर्ता भएको रिटको सुनुवाइ आज न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा हुँदैछ ।
यता ७ दलले मंगलबार ९ औँ दिन पनि जनकपुरधाममा धर्ना कार्यक्रमलाई जारी राखेका छन् । धर्नामा बसेका जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक रामअशिष यादवले एमालेकै कारण देश अहिले राजनीतिक संकटमा फसेको र मधेसमा पनि एमाले नेतृत्वकै इसारामा अस्थिरता निम्तिएको आरोप लगाए । उनले आफूहरु मधेसमा राजनीतिक अस्थिरताको अन्त्य होस भन्ने उद्देश्यका साथ नै आन्दोलनका कार्यक्रमहरू ९औँ दिन पनि जारी राखेको बताए ।
मधेसमा एमालेको नेतृत्वमा गठन भएको सरकार संवैधानिक नरहेको र सभामुख रामचन्द्र मण्डलले दलीय अनुकूलको आचरण नगरेको भन्दै ७ दलले मदेसमा आन्दोलन थालेको हो ।
नवौँ दिन मधेस प्रदेश सरकारको मुख्यालय रहेको मधेस भवनको मुख्य ढोकामा नै ७ सात दलका नेता–कार्यकर्ता धर्नामा बसेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया