काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल र नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्का बीच शिष्टाचार भेट भएको छ ।
भेटमा चक्रीय अर्थव्यवस्था, फोहर व्यवस्थापन, र सहरी आचरणका विषयमा छलफल भयो ।
उपप्रमुख डंगोलले महानगरले फोहरलाई कम्पोस्ट बनाएर मल उत्पादन गर्ने, त्यस मल प्रयोग गरी कौसी तरकारी खेती बढाउने र कागज–प्लास्टिक जस्ता फोहरबाट सजावटी तथा दैनिक उपभोग्य सामग्री बनाउने काम गर्दै आएको जानकारी दिइन् । उनले यस्तो उद्यमशील कामले समुदायको आय वृद्धि गर्न मद्दत पुगेको बताइन् ।
राजदूत पुहाक्काले फिनल्यान्डले मधेस र कर्णाली प्रदेशमा स्वच्छता तथा सरसफाइका कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै, आगामी दिनमा काठमाडौं महानगरसँग पनि सहकार्य गर्न चाहेको उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया