नवगठित नेकपाको पूर्वपदाधिकारीहरुको बैठक पेरिसडाँडामा [तस्बिरहरु]

लोकपथ
245
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को पूर्व पदाधिकारीहरुको बैठक बसेको छ ।

तत्कालीन नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो ।

पार्टीको भावी एजेण्डा र कार्यक्रमहरु तय गर्न उपलब्ध पूर्व पदाधिकारीहरुको बैठक बसेको पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।

बैठकमा प्रदेशका उपलब्ध पदाधिकारीहरूको पनि उपस्थिति छ ।बैठकमा प्रदेश–प्रदेशमा एकता सन्देश कार्यक्रम गर्ने बारे, स्थान र समय तय गर्ने बारे पनि छलफल हुने बताइएको छ ।

तस्बिर : प्रचण्डको सचिवालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?