काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश इतिहासकै सबैभन्दा कमजोर, अस्थिर र अन्योलयुक्त अवस्थामा पुगेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले राजनीतिक दलहरू सत्ता र भागबण्डाको विवादमा अल्झिएर राष्ट्रलाई थप संकटतर्फ धकेल्न खोज्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।
भट्टराईले वर्तमान अवस्थालाई ‘घरमा आगो लागेको’ जस्तै जटिल परिस्थितिको उपमा दिएका छन् ।
उनले लेखेका छन्, ‘घरमा आगो लागेको वेला कोठा कुन ठुलो, कसले कति भाग खाने भन्ने झगडा गर्ने समय होइन । सबै मिलेर आगो निभाउने र नयाँ, अझ सुन्दर घर बनाउने संकल्प गर्ने बेला हो ।’
उनका अनुसार राष्ट्र, राज्य, समाज, अर्थतन्त्र, लोकतन्त्र, सुरक्षा, संस्कृति तथा नागरिक मनोबललगायत सबै पक्ष इतिहासकै कमजोर अवस्थामा पुगेका छन् । यस्तो गम्भीर घडीमा व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकता दिन आवश्यक भएको उनले बताए ।
देशको बिग्रँदो अवस्थाप्रति सचेत गराउँदै भट्टराईले भने, ‘सबैले गम्भीर आत्म समीक्षा गरौँ, नत्र इतिहासले कसैलाई क्षमा गर्ने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया