काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशनको मिति र प्रक्रियासम्बन्धी विवाद समाधान गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
लगातार एक महिनासम्म बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनबारे एकमत नहुँदा शीर्ष नेताहरूबिच पुनः छलफल आवश्यक भएपछि आजको बैठक तय गरिएको हो ।
बैठक ललितपुरको धोबीघाटमा दिउँसो १ बजेबाट सुरु हुने जनाइएको छ। कांग्रेसभित्र महाधिवेशन चुनाव महाधिवेशनअघि गर्ने कि पछि भन्ने विषयमा तीव्र मतभेद कायम छ, जसले पार्टीभित्र आन्तरिक तानातान झनै बढाएको छ।
पार्टीले आजको बैठकबाट विवाद साम्य पार्दै महाधिवेशनका तयारीलाई स्पष्ट दिशामा लैजाने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया