काठमाडौं । तत्कालीन माओवादी केन्द्र एवं नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लामो समय सुरक्षार्थ खटिएका पूर्वजनमुक्ति सेनाका कमाण्डरले साथ छाडेका छन् ।
नेकपा माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशका उपाध्यक्ष समेत रहेका प्रकाशचन्द्र पाण्डे ‘प्रलोक’ ले भावुक पत्र लेख्दै पार्टी सदस्यता परित्यागसँगै साथ छाडेका हुन् ।
खासगरी माओवादी केन्द्रसहितका वाम शक्तिहरु एक ठाउँमा आउँदा हिजोको सशस्त्र संघर्षमाथि प्रहार भएको भन्दै आफू पदमा र प्रचण्डको साथमा नरहेको बताएका छन् ।
उनले प्रचण्ड चौतर्फी घेरबन्दीमा रहेको भन्दै अहिले बिना स्वार्थ प्रचण्डलाई साथ दिने र सहयोग गर्ने कुनै नेता नभएको समेत स्मरण गराएका छन् । ‘राजनीतिक प्राप्ती भए प्रचण्ड महान नेता भन्दै हिँड्ने नभए खत्तम’ भन्ने जमात रहेको समेत उनको टिप्पणी रहेको छ ।
‘तपाईँ पूर्वपश्चिमी जनताको घरदैलोमा रहँदा तराईको कुनै जिल्लामा धारोमा सामान्य चिप्लिएको कुरा होस् वा तपाईंले प्रयोग गर्ने कपडा, खाने नुन होस् वा चामल, कफि होस् वा तरकारी त्यो निशानामा छ । छिन भरमै सूचना लाजिम्पाट वा चक्रपथ पुग्छ कसरी ? यो मलाई राम्रो अनुभुत छ । आफ्नै भन्नेहरु बैरी छन् । अविश्वास पनि कसलाई किन कसरी गर्ने ? विस्तारै घेरा हाल्दैहाल्दै आज तपाइईँलाई किरण, बाबुराम, विप्लव वा कठिन यात्रामा सँगसँगै रहेका बादल, जनार्दन भन्दा पहिला माधव, झलनाथ, वामदेवहरु प्रिय बनाईदिएका छन् । तपाईंको भावना र पिर वेदना मज्जाले पोखेर मन शान्त पार्ने, कुरा सुनेर हामी छौँ संयोजक कमरेड भनिदिने पात्र पनि म देख्दिन । लुछ्ने, खाने, बार्गेनिङ गर्ने, घुर्कि लगाउने , दिए प्रचण्ड महान नेता नदिए खत्तम् । यस्तै घेराको बिचमा तपाईं हुनुहुन्छ । तपाई घेरा तोडेर बाहिर निस्कन अब ढिलो हुने बढ्दै छ,’ उनले भनेका छन्, ‘फरक मत राख्नेको उछितो काडेका छन् । लेलिनवादी सांगठनिक मान्यता समेत मान्ने परिस्थिति कमिटीहरुमा छैनन् ।’
उनले जाँदाजाँदै प्रचण्ड परिवारका दिवंगत तीन सदस्यको स्मरण गरेका छन् । उनले प्रचण्ड पत्नी सीता, छोरी ज्ञानु र छोरा प्रकाशको स्मरण गर्दै तीनैजना जीवित रहेको भए आजको दिन नआउने समेत दाबी गरेका छन् । साथै माओवादी शान्ति वार्तामा आएपछि प्रचण्डको रवाफ र रहनसहन र आफूहरुले सुरक्षाका लागि गरेका प्रयत्नबारे स्मरमण गरेका छन् ।
‘के प्रचण्ड ब्रिगिएकै हुन् त ? अन्तर हृदयदेखि मन उद्धेलित छ । पटक पटक गरी लामो समय तपाईंको सुरक्षाका लागि रहेको सिपाही, तपाईँका लागि मर्न तयार म आज निकै भावुक छु । आज सीता आमा, ज्ञानु दिदी र प्रकाश दाईलाई अलि बढि सम्झिएको छु । सायद उहाँहरु भैदिएको भए मैले यो लेखिरहनु पर्ने पक्कै पर्दैन थियो यो पनि मनमा खेल्छ । शान्ति प्रकृयाको शुरुवाती समय कामीडाँडा देखि काठमाडौंका बौद्ध, ठमेल, भक्तपुरका होटलहरुमा बसेकोदेखि स्थायी रुपमा नयाँ बजारमा बस्न शुरु गरेको दिनहरु मानसपटलमा फनफन घुमिरहेका छन्,’ उनले स्मरण गराएका छन्,’ उनले भनेका छन् ।
पाण्डे लामो समय पूर्वजनमुक्ति सेनाका तर्फबाट प्रचण्डको सुरक्षामा खटिएका व्यक्ति हुन् ।
जाँदाजाँदै उनले लेखेका छन् :
कमरेड संयाेजक
केन्द्रीय कार्यलय,काठमाडौं काेटेश्वर
पेरिस डाँडा
अध्यक्ष कमरेड मैले निकै साेचेर महान शहिदहरुलाई सम्झदै म जस्तै तमाम् घाईते शरीर भरि गाेलि र छर्रा बाेकेर नियमित औषधि खाएर जीवन बचाउन पर्ने सहयाेद्दाहरुकाे पीडा अनुभुती गर्दै वेपत्ता साथिहरुलाइ सम्झिएर माटाे छाेएर याे पत्र लेख्ने हिम्मत गरेकाे छु। मैले मेराे जिम्मेवारी भएको साङ्गठानिक फर्मेशनमा राजिनामा र सदस्यता परित्याग काे पत्र दिएकाे जानकारी भयाे हाेला भन्ने लाग्दछ।
आदरणीय संयाेजक कमरेड:-
के प्रचण्ड ब्रिगिएकै हुन् त? अन्तर हृदयदेखि मन उध्धेलित छ। पटक पटक गरि लामाे समय तपाईंको सुरक्षाका लागि रहेकाे सिपाही,तपाईं का लागि मर्न तयार म आज निकै भावुक छु। आज सीता आमा ,ज्ञानु दिदी र प्रकाश दाईलाई अलि बढि सम्झिएकाे छु। सायद उहाँहरु भैदिएकाे भए मैले याे लेखिरहनु पर्ने पक्कै पर्दैन थियाे याे पनि मनमा खेल्छ। शान्ति प्रकृयाकाे शुरुवाती समय कामी डाँडा देखि काठमाडौ का वौद्द,ठमेल,भक्तपुरका हाेटलहरुमा बसेकाे देखि स्थायी रुपमा नयाँ बजारमा बस्न शुरु गरेकाे दिनहरु मानस पटलमा फनफन घुमिरहेका छन्। बालुवाटारबाट सार्वजनिक हुँदा नेताहरुकाे एउटै ड्रेस,सुरक्षामा खटिएका जनमुक्ति सेनाकाे एउटै रंगका सफारी सुट,पहिलाे संविधानसभा मा राेल्पा देखि काठमाडौं 10 नं क्षेत्रमा नेतृत्वको रक्षाकाे लागि गरिएकाे बन्दाेवस्ति ,6 दिने हाम हड्ताल र कटुवाल प्रकरणमा नेताहरुकाे भागदौडमा तपाईं ले हामी कमान्डरहरुलाई बरु म पनि मर्न तयार तर वालुवाटारबाटै संसारलाई दिएकाे हुंकार हाेस वा गरि गिरिजाप्रसाद काेईराला देखि माधव नेपाल हुन वा भारतका पुर्व राष्ट्रपति प्रतिभा पाटेल सम्मकाे भेटवार्ता।कुटनैतिक नियाेगका विशिष्ट व्यक्ति देखि सेना समायोजनकाे अन्तिम छलफल चल्दै गर्दा समायोजन काे विषयमा रुक्मांगत कटुवाल संगका वार्तालाप सम्म ,अनि कटुवाल र झलनाथले दिएकाे धाेका हुन वा भारतीय पक्षले याे वा त्याे नाममा पशुपति पुजारी काण्डमा दिएकाे तनावलाई कुटनैतिक प्रतिवाद र प्रतिराेधका निम्ति तयार प्रचण्ड।हरेक पटक पार्टी फुट्दा के म समस्या हाे? म संगै रहेका तपाईं सचिवालय र फाेर्सका कमरेडहरुले सुझाव दिनाेस है भन्ने प्रचण्ड म झलझल याद गरपरहेकाे छु। रेणु दिदी,अर्जुन र सागर भिनाजु जसले प्रचण्डलाई कहिले बेचेनन्,ईमानमा अडिक त्याे दिनहरु रिल जस्तै फनफन घुमिरहेका छन्। सगै सुरक्षामा रहेका कमरेडहरुले खाजा/ खाना खाए वा खाएनन साेध्ने प्रचण्ड,सीता आमाले आज भाषण गर्नु पर्छ चिल्लो पिराे खादा गार्हो हुन्छ भन्दा हामीलाई खुसुक्क म:म खान पर्याे भन्ने त्याे सरलताकाे प्रचण्ड आज म निकै विक्षिप्त छु,मैले याे लेख्न हुन्थ्यो वा हुदैन थियाे मलाई थाहा छैन।म संग यस्ता अनुभुती र सत्य कथा कतिछन् कति। मैले जीवन पर्यन्त नभन्दा देश र जनतालाई फाईदा पुग्ने अमिट छाप पनि अनगिन्ती छन्। नेपाली समाजकाे वर्गीय, क्षेत्रिय,जातिय,लैगिंक अधिकारका लागि जिवनलाई तिलान्जलि दिन तयार प्रेरणाकाे श्राेत काेहि छ भने त्याे प्रचण्ड नै हाे। पुरातन अतिवादी संस्कार र मान्यताहरुकाे मुल जराेलाई हलाईदिने काेहि हाे भने तपाईं हाे। ईतिहासकाे कठघरामा उभिएर जन्मिएको माटाेलाई छातिमा राखेर तमाम् शहिदहरुलाई सम्झिएर कसम खानु परेकाे दिन याे चाहिँ गर्वले भन्छु। प्रचण्ड ईमानदार छन्। तर
मडारिएकाे कालाे बादल:-
आज केही बर्ष देखि पार्टी भित्र बढ्दै गएकाे आत्मकेन्द्रित व्यक्तिवाद,तपाईं लाई देखाएर आफ्ना कमिटी /जवस माेर्चाहरुका नेताहरुले सहयाेद्दा कमरेडहरुलाई गरेकाे छि:छि:दुरदुर, फरक विचारलाई कत्लेआम,अपमान यति असहिष्णु बढेकाे छ त्याे व्यक्ति हत्या सम्म नपुग्ला भन्न सकिन्न। तथ्य र सत्य रिपोर्टिङ तपाईं कहाँ आउने बाटाेहरु पुर्ण रुपमा बन्द गराउदै आईरहेका छन्। आफू,आफ्ना वा आफ्ना नश्ल समेत जाेडिएकालाई खात माथि खात पार्दै निमुखा,ईमानदार कार्यकर्ता, जनतालाई धाेका दिईरहेका छन्। तपाईलाई खुशि पार्न गरिने जायज वा नाजायज प्रर्धापछाडीका खेलहरु यति गम्भीर छन् कि सायद त्यसले भाेलिका दिनहरुमा भौतिक शरिरमाथि पनि सजिलै धावा बाेल्ने फराकिलो बाटो तय गरेका छन्। तपाईं पुर्व पश्चिमी जनताकाे घरदैलोमा रहदा तराई कुनै जिल्लामा धाराेमा सामान्य चिप्लिएकाे कुरा हाेस् वा तपाईं ले प्रयाेग गर्ने कपडा,खाने नुन हाेस वा चामल, कफि हाेस वा तरकारी त्याे निशाना मा छ । छिन भरमै सुचना लाजिम्पाट वा चक्रपथ पुग्छ कसरी??याे मलाई राम्राे अनुभुत छ।आफ्नै भन्नेहरु वैरि छन् । अविश्वास पनि कसलाई किन कसरी गर्ने ?? विस्तारै घेरा हाल्दै हाल्दै आज तपाईं लाई किरण,बावुराम,विप्लव वा कठिन यात्रामा सग सगै रहेका बादल,जनार्दन भन्दा पहिला माधव,झलनाथ,बामदेवहरु प्रिय बनाईदिएका छन्। तपाईंको भावना/पिर वेदना मजाले पाेखेर मन शान्त पार्ने, कुरा सुनेर हामी छौ संयाेजक कमरेड भनिदिने पात्र पनि म देख्दिन। लुछ्ने,खाने, बार्गेनिङ गर्ने,घुर्कि लाउने,दिए प्रचण्ड महान नेता नदिए खत्तम्। यस्तै घेराकाे बिचमा तपाईं हुनुहुन्छ।तपाई घेरा ताेडेर बाहिर निस्कन अब ढिलाे हुने बढ्दै छ।फरक मत राख्नेकाे उछिताे काडेका छन्।लेलिनवादी सांगठनिक मान्यता समेत मान्ने परिस्थिति कमिटीहरुमा छैन्।
संगठन मा वस्तुवादि विधि तयार, पछिल्लो जेन्जी आन्दोलन र नयाँ नेतृत्व निर्माणकाे प्रश्नमा तपाईंले बाेड्लि लिन नसकेकाे डिसिजन पनि घेरावन्दी हाे। 3.राजिनामा र पार्टी परित्याग :-
अतः यी र यस्ता घट्ना क्रम निरन्तरता हुन थालेपछि मलाई उपत्यका विशेष प्रदेशकाे निर्वाचित उपाध्यक्ष पद सहित नेकपा(मा.के)अर्थात हाल नेपाली कम्युनिस्ट पार्टीको साधरण सदस्य समेतमा बसिरहनु उचित नलागेपछि राजिनामा पेश गरेकाे छु।
मलाई थाहा छ मेराे याे निर्णय मेराे ठुलाे परीक्षा पनि हाे। याे परीक्षा पास गर्न चानचुने मेहनत पर्दैन। मलाई याे पनि थाहा छ म माथि कस्ता आराेप वा शब्द प्रयाेग हुन्छ। म ती सबै आराेपकाे राजनितिक प्रतिवाद का लागि तयार छु। याे पत्रमा यत्ति चाहिँ भनौ मैले तपाईं र याे पार्टीमा रहदा सम्म तपाईं र पार्टीको ईमान बेचिन। मैले कुनै फाईदा लिईन्। नि:स्वार्थ विचार/ नेतृत्वको रक्षा गरे । स्वभाव जन्य व्यावहारले कहि कतै कसैलाई मन दुखाएकाे भए यहि पत्र मार्फत क्षमा माग्दछु।
प्रकाश चन्द्र पाण्डे `प्रलाेक´
उपाध्यक्ष
उपत्यका विशेष प्रदेश
कमरेड ईन्चार्ज/अध्यक्ष
उपत्यका विशेष प्रदेश
विषय:- राजिनामा एंव सदस्यता त्याग बारे।
प्रस्तुत विषयमा म प्रकाश चन्द्र पाण्डे प्रलाेक´ साविक नेकपा माओवादी केन्द्र (परिवर्तन गरिएको नाम- नेपाली कम्युनिस्ट पार्टी )उपत्यका विशेष प्रदेशकाे निर्वाचित उपाध्यक्ष रहेकाे कुरा अवगतै छ। आदरणीय इन्चार्ज/ अध्यक्ष कमरेड पार्टी भित्र देखिदै आएकाे व्यावहारिक त्रुटि एंव कमजोरीका पक्षहरु विचारकाे स्तरमा जान सक्ने खतरा अौल्याउदै आएकाे थिए। साे सम्बन्धमा समग्रतामा ईन्चार्ज / अध्यक्ष कमरेड ले खेल्नु भएको भुमिका र छलफलमा केही उत्साह देखिए पनि त्याे केन्द्रीय पाेलिस वा कार्यक्रममा खास बाेलि र जीवन व्यावहार मेल नखाएकाे कुरा घाम झै छर्लङ्ग छ।नेपालकाे आर्थिक,सामाजिक र राजनीतिक अवस्थामा देखिदै आएकाे निराशा स्वरुप झिनाे स्वरमा दलहरुकाे आन्तरिक पार्टी जीवन भित्र उठिरहेको विषय जेन्जि विद्राेहले नेपाली राजनीतिमा नयाँ वहस उठान गरिदिएकाे छ। वामपन्थीहरु एकै ठाउँमा आउन सक्ने सम्भावनालाई अझ नजिक बनाएकाे भने पक्कै हाे तर आन्तरिक पक्ष नै सबल नबनाई सारमा जेन्जि विद्राेहकाे भावनालाई अझ अनेकौं फन्डाहरु जाेरजाम गरि जनताकाे भावना विपरित पार्टी ले गरेकाे निर्णय एंव कदम प्रति गम्भीर असहमति जनाउदै उपत्यका विशेष प्रदेश उपाध्यक्षबाट राजिनामा पेश गर्दै पार्टी सदस्य समेत नरहने गरि राजिनामा पेश गर्दछु। प्रकाश चन्द्र पाण्डेप्रलाेक´
पार्टी सदस्यता नं-P3343812188
उपाध्यक्ष
उपत्यका प्रशेष प्रदेश
मकवानपुर,हेटौंडा उपमहानगर पालिका-11
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया