राज्यका हरेक निकायमा कुरा र व्यवहार फरक हुँदा देशले अकल्पनीय क्षति व्यहोऱ्यो : मुख्यमन्त्री बानियाँ

लोकपथ
49
Shares

दोलखा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राज्यका हरेक निकायमा कुरा एउटा र व्यवहार अर्को हुँदा देशले अकल्पनीय क्षति व्यहोर्नु परेको बताएका छन् ।

दोलखाको सदरमुकाम चरिकोटमा बिहीबार स्थानीय सरकारबीच सिकाइ आदानप्रदानका लागि सुरु भएको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले तीनै तहका सरकारले गरिब र न्यायको पक्षमा काम नगर्दा देशमा विषम् परिस्थिति सृजना भएको बताए ।

उनले राज्य र नागरिकबीचको सम्बन्ध दृढ बनाउन जिम्मेवार शासन आवश्यक रहेको उल्लेख गर्दै भने, ‘राज्य मेरो हो, यो देश मेरो हो भन्ने सोच लिएर कर्म नगरे समस्या उत्पन्न हुन्छ ।

तीन दिनसम्म चल्ने उक्त कार्यशालामा देशभरका १९ स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यशालामा स्थानीय सरकारबीच अनुभव र सिकाइ साटासाट गरी सुशासन र सेवा प्रवाह सुधार गर्ने उद्देश्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?