गगनमाथि राठौरको प्रश्न– ‘शेरबहादुर देउवा गलत भए तपाईँ चाँही कसरी सही ?’

लोकपथ
441
Shares

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले महामन्त्री गगन थापामाथि कटाक्ष गरेका छन् ।

कांग्रेसको जारी केन्द्रीय समिति बैठक अन्तर्गत बिहीबारको बैठकमा बोल्दै राठौरले सभापति शेरबहादुर देउवालाई गलत देखाएर आफूहरु सही भन्ने भाष्य सिर्जना गरेको भन्दै गगनमाथि खनिएका हुन् । उनले पार्टीभित्र भएका सबै कमीकमजोरीहरुमा देउवाको मात्र हात नभएको भन्दै त्यसको जिम्मेवारी पदाधिकारीहरुले पनि लिनुपर्नेमा जोड दिए ।

‘गगनजीहरू बढी पपुलर कुरा गर्नुहुन्छ, हामी त्यो गर्दैनौं । पार्टीको एकता गर्ने मान्छे शेरबहादुर देउवा गलत, तपाईंहरू मात्र ठीक ?,’ राठौरले गगनमाथि प्रश्न गर्दै भनेका छन्, ‘शेरबहादुर देउवामात्र होइन, हामी सबै पदाधिकारी पनि गलत हो ।’

त्यस्तै जेनजी आन्दोलनपछि देश गृहयुद्धमा जाँदै गरेको भन्दै त्यसको निराकरणका लागि जसरी पनि चुनावमा जानुपर्नेमा जोड दिए । उनले पार्टीभित्र भइरहेको महाधिवेशनको बहसबारे आपत्ति जनाए । उनले जेनजीका मागहरु सम्बोधन गर्दै निर्वाचनमा जानुपर्ने तर निर्वाचनअघि महाधिवेशनमा गए आफूले ‘नोट अफ डिसेन्ट’ लेख्ने समेत चेतावनी दिए ।

‘देश गृहयुद्धमा जाँदैछ, त्यसैले जसरी हुन्छ चुनावमा जानुपर्छ । जेनजीको मागलाई सम्बोधन गर्नुपर्दछ,’ सहमहामन्त्री राठौरले भने, ‘निर्वाचन अगाडि महाधिवेशन निर्णय भयो भने नोट अफ डिसेन्ट लेख्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?