काठमाडौं । निर्वाचन आयोग र राजनीतिक दलहरूबिचको छलफल सुरु भएको छ । बिहीबार निर्वाचन आयोगमा राजनीतिक दलहरूसँग निर्वाचन आयोगले छलफल गरेको हो ।
यसअघि पनि आगामी निर्वाचनको तयारीबारे राजनीतिक दलहरूसँग आयोगले छलफल गरेको थियो ।
बिहीबारको राजनीतिक दलहरुसँगको छलफलमा प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, डा.जानकीकुमारी तुलाधर, सगुन शमशेर ज.ब.रा र राजनीतिक दलहरूको तर्फबाट नेपाली काँग्रेसबाट पुष्पा भुसाल, नेकपा एमालेबाट खगराज अधिकारी, नेपाली कम्युनिष्ट पार्टीबाट लिलामणि पोखरेल लगायतका नेताहरूको सहभागिता छ ।
अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति तोकेको छ ।
तर सरकार निर्वाचनको वातावरण बनाउन नलागेको आरोप राजनीतिक दलहरूले लगाउँदै आएका छन् । नेकपा एमालेले संसद् पुनः स्थापनाको पक्षमा निर्णय गरेर अदालत जाने बताइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया