ओलीमाथि प्रचण्डको कटाक्ष– ‘जेनजी युवाहरुको हत्या गर्नेले हाम्रो पार्टीलाई वृद्धाश्रम भन्न सुहाउँदैन’

लोकपथ
203
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई वृद्धाश्रम भनेकोप्रति आपत्ति जनाएका छन् ।

केही दिनअघि ओलीले प्रचण्ड, माधव नेपालसहितको नेपाली कम्युनिष्ट पार्टीलाई वृद्धाश्रमको संज्ञा दिएका थिए ।

मंगलबार भीम रावल नेतृत्वको मातृभूमी जागरण अभियानलाई पार्टीमा समाहित गर्ने क्रममा आफ्नो धारणा राख्दै आपत्ति जनाएका हुन् । उनले जेनजी आन्दोलनका क्रममा शान्तिपूर्ण प्रदर्शनमा आएका युवाहरुमाथि निर्मम गोली बर्साएर हत्या ओलीमाथि रहेको भन्दै त्यस्तो व्यक्तिले आफूहरुमाथि प्रश्न गर्न नमिल्ने बताए ।

‘जेनजी युवाहरू भ्रष्टाचारविरुद्ध, सुशासनको पक्षमा शान्तिपूर्ण आन्दोलन गर्दा निर्मम दमन र हत्या गर्नेहरूले अहिले हामीलाई वृद्धाश्रम भन्छन्, जसले युवाहरूलाई सम्मान गरेको छ,’ प्रचण्डले भने ।

प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दैै आगामी दिनमा जेनजी युवाहरुले आफूहरुको कुरा बुझ्ने समेत बताए । साथै पार्टी भन्दा बाहिर रहेका नेता कार्यकर्ताहरुलाई बृहतर कम्युनिष्ट पार्टीमा आउन समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?