‘विप्लव’ नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग 

लोकपथ
462
Shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समाजवादी मोर्चाबाट अलग भएको छ । आज महासचिव विप्लवले आज बुधबार एक विज्ञप्ति जारी गर्दै आफ्नो पार्टी मोर्चाबाट अलग भएको घोषणा गरेका छन् ।

भ्रष्टाचारविरुद्धको संघर्ष, राष्ट्रिय स्वाधीनता एवं राज्यको अग्रगामी रूपान्तरणमा मोर्चाले केही महत्वपूर्ण काम गरेको तर जुन रफ्तारमा काम गर्नुपर्ने हो त्यो सम्भव नबनेको विप्लवले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले ‘जेनजी विद्रोह’पछि नेपालको राजनीतिक परिवेश र धारणामा व्यापक फेरबदल आएको उल्लेख गर्दै मोर्चामा आबद्ध चार पार्टीमध्ये तीन पार्टीले नेपाली कम्युनिस्ट पार्टीसमेत बनाइसकेको अवस्थामा मोर्चाको औचित्य नभएको उल्लेख गरेका छन् । 

‘आजकै स्वरूपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष छ । सोही निष्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?