काठमाडौं । शेयर बजारमा मंगलबार ७९ लाख ४७ हजार कित्ता शेयरको कारोबार हुँदा कुल ३ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आजको कारोबारमा साहस ऊर्जा लिमिटेडले ३५ करोड, राधी विद्युत् कम्पनीले ३२ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले २६ करोड, शिवम् सिमेन्टले १६ करोड र सिनर्जी पावर डेभलपमेन्टले ९ करोड रुपैयाँको कारोबार गरेका छन् ।
आज १४२ वटा शेयरको मूल्य बढेको छ भने १०२ वटा घटेको र १० वटा अघिल्लो मूल्यमै रहे। सबैभन्दा बढी शाइन रेसुंगा डिबेन्चर र बंदीपुर केबलकार एन्ड टुरिजमको सेयरमा सकारात्मक सर्किट लागेको छ। माबिलुङ इनर्जी, सागर डिस्टिलरी र बुंगल हाइड्रो क्रमशः ९.९९, ९.९९ र ९.९८ प्रतिशतले बढेका छन् ।
गिरावट आएका शेयरमध्ये नेपाल एसबीआई बैंक डिबेन्चर ९.३९ प्रतिशतले घट्दा, सिटी होटल्सलगायत अन्य शेयर ४.९६ प्रतिशतसम्म घटेका छन् ।
आज नेप्से परिसूचक ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा पुगेको छ । यस दिन वाणिज्य बैंक, जलविद्युत्, जीवन बीमा, उत्पादन, सामूहिक लगानी र निर्जीवन बीमा तथा व्यापार समूहहरु हरियो भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया