मधेसका नवनियुक्त प्रदेश प्रमुख कर्णले लिए शपथ

लोकपथ
1.7k
Shares

काठमाडौं । मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुख लाभलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् ।

सरकारको सिफारिसमा कर्णलाई मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघिकी प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गर्दै कर्णलाई प्रदेश प्रमुखका लागि सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?