जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ

लोकपथ
686
Shares

काठमाडौं । जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका-८ मातातिर्थ लंकोट बस्ने ४० वर्षीय दिवाकर महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा दिवाकरसहित २२ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १६ लाख ५३ हजार रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?