काठमाडौं । ललितपुरको पाटन दरबार क्षेत्रमा आगलागी आपत्कालीन सूचना प्रणाली स्थापना गरिएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मंगलबार एक कार्यक्रमबिच सो प्रणालीको शुभारम्भ गरेका हुन् ।
आगलागीबाट हुने विपद्को बेलामा तत्काल नियन्त्रण गर्न आवश्यक सूचना दिने उद्देश्यले सो प्रणाली जडान गरिएको मेयर महर्जनले बताए । उनले सो प्रणाली परीक्षणको रुपमा सञ्चालनमा ल्याएको र त्यसले प्रभावकारी ढंगले काम गरे ललितपुरको सबै चोकहरुमा जडान गर्ने योजना रहेको पनि जानकारी दिए ।
त्यस अवसरमा मेयर महर्जनले मुलुकका सबै नगरपालिकाहरुले भन्दा ललितपुर महानगरपालिकाले विपद्को क्षेत्रमा अब्बल तरिकाले काम गरेको दाबी समेत गरे ।
ललितपुर महानगरपालिकाले यसअघि नै विपद् कालमा गुनासो सुन्नका लागि ११३१ नम्बरको टोल फ्रि नम्बर संचालनमा ल्याइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया