काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँले बढेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रति तोला २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको छ।
यसअघि सोमबार सो सुन २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ३ हजार ६५ रुपैयाँ रहेको चाँदी मंगलबार बढेर ३ हजार १७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया