मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त 

लोकपथ
784
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज मंगलबार मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् ।

मन्त्रिपरिषद् बैठकले सोमबार पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेकोमा राष्ट्रपति पौडेलले आज भण्डारीलाई पदमुक्त गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६५ को उपधारा १ (ख) बमोजिम मधेस प्रमुख सुवेदीलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रदेश प्रमुख सुवेदीले महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित पानस होटलमा सोमबार बिहान एकाबिहानै एमाले नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराएपछि उनको चर्को आलोचना भइरहेको थियो ।

मन्त्रिपरिषद्को सोमबार बेलुका बसेको बैठकले सुवेदीलाई पदबाट हटाउँदै उनको स्थानमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?