काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले पदबाट राजीनामा दिएका छन् । २२ कात्तिकदेखि लागू हुने गरी राजीनामा दिएको भएपनि आज मंगलबारमात्रै राजीनामा दिएको बाहिरिएको हो ।
गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट पनि दर्ता भएको थियो । सर्वोच्चले गत १६ कात्तिकमा राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपनि सरकारले राजदूतहरूलाई स्वदेश फर्किएर परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया