सरकारलाई सिटौलाको आग्रह– ‘निर्वाचनको वातावरण बनोस्’

लोकपथ
119
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन सरकारसँग आग्रह गरेका छन् ।

कांग्रेस नेता सिटौलाले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन सार्ने वा टार्ने काम नगर्न पनि सचेत गराए । गणेशमान सिंहको जन्मजयन्तिको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुक संकटमा फसेको उल्लेख गर्दै त्यसको निदानका लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताए ।

नेता सिटौलाले मुलुकलाई संकटबाट निकास दिन सबै राजनीतिक दलहरु मिलेर नयाँ समझदारीका साथ अघि बढनुपर्ने आवश्यकता समेत औँल्याए ।

उनले भने, ‘प्रधानमन्त्रीलाई मैले भनेको छु निर्वाचन गराउन सफल हुनुहोस् । निर्वाचन सार्ने कुरा नगर्नुहोला । निर्वाचन टार्ने कसैले तपाईलाई सुझाव दियो भने नमान्नुहोला भनेर मैले सुझाव दिएको छु । त्यसकारण फागुन २१ गते टाढा छैन । ४ महिना पनि छैन अब । त्यो निर्वाचनलाई सकरी सफल बनाउने हो ? त्यो तपाई हामी सबैको चुनौतीको रुपमा आएको छ । संक्षेपमा भन्ने हो भने देश संकटमा पुग्यो अचानक । लोकतन्त्र, लोकतान्त्रिक शासन प्रणाली संकटमा पुग्यो । संवैधानिक व्यवस्था संकटमा पुग्यो । पार्टीहरु संकटमा पुगे । अब हामी सबैले समझदारी गरेर मुलुकलाई संकटबाट निकास दिनुपर्छ ।’

नेता सिटौलाले मुलुकलाई निकास दिन लोकतान्त्रिक शक्तिहरुले मिलेर काम गर्नुगर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?