एमालेमै फर्किए रामकुमारी झाँक्री र किसान श्रेष्ठसहितका नेताहरु, ओलीलाई बुझाए ‘कलम’

लोकपथ
665
Shares

काठमाडौं । रामकुमारी झाँक्री र किसान श्रेष्ठ (कृष्णकुमार श्रेष्ठ) सहितका नेताहरु पुनः एमालेमा फर्किएका छन् ।

आइतबार दिउँसो राष्ट्रिय सभागृहमा आयोजित नेकपा एमालेको ‘घर फर्क राष्ट्रिय अभियान’ मार्फत् नेताहरु एमालेमा फर्किएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले झाँक्री र श्रेष्ठलाई माला र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् । साथै केही नेताहरुले कलम फिर्ता गरेर पार्टीमा पुनः सक्रिय हुने घोषणा गरेका हुन् ।

एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीको चुनाव चिह्न नै कलम रहेको थियो । नेताहरुले कलम छाडेर आफूहरु एमाले फर्किएको सन्देश दिन ओलीलाई कलम दिएका हुन् ।

हालै एकीकृत समाजवादी माओवादी केन्द्रसहितको वामपन्थीहरुको एकीकरणमा सामेल भएसँगै असन्तुष्ट बनेका नेताहरु पुरानो पार्टीमै फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?