कार्तिक २६ गते नेपाली कम्युनिष्ट पार्टीसँग समाहित हुँदै भीम रावलको अभियान

लोकपथ
1k
Shares

काठमाडौं । डा. भीमबहादुर रावल नेतृत्वको मातृभूमी जागरण अभियान र नेपाली कम्युनिष्ट पार्टीबिच एकताको मिति तय भएको छ ।

रावलसँग विभिन्न चरणमा छलफल गरी आइतबार पार्टी समायोजन गर्ने सहमति गरिएको थियो ।

हिजो नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालसँग रावलको वान टू वान वार्ता भएको थियो । त्यसपछि रावल महत्वपूर्ण जिम्मेवारीसहित नेपाली कम्युनिष्ट पार्टीमा आउन सहमत भएका थिए ।

आगामी कार्तिक २६ गते बुधबार विशेष कार्यक्रमकाबिच पार्टी एकता हुनेछ ।

दिउँसो १ः३० बजे प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रममा प्रचण्ड, माधवकुमार नेपाल र भीम रावलले सम्बोधन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?