प्रतिनिधि सभा विघटन भए पनि एमालेले बोलायो संसदीय दलको बैठक

लोकपथ
343
Shares

काठमाडौं । प्रतिनिधि सभा विघटन भए पनि नेकपा एमालेले भने संसदीय दलको बैठक आह्वान गरेको छ ।

एमालेले आगामी मंसिर २ गतेका लागि संसदीय दलको बैठक आह्वान गरेको हो ।

विघटित प्रतिनिधि सभाका एमालेका तर्फबाट संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय दलको बैठक बोलाइएको लोकपथलाई जानकारी दिए । उनका अनुसार बैठकमा प्रतिनिधि सभा विघटन लगायत अन्य विषयमा छलफल हुनेछ ।

‘हामीले असंवैधानिक तबरबाट विघटन गरिएको प्रतिनिधि अन्तर्गतको एमाले संसदीय दलको बैठक बोलाएका छौँ । बैठकमा प्रतिनिधि सभा विघटन लगायत पछिल्ला राजनीतिक घटनाक्रमहरुको बारेमा छलफल हुनेछ,’ उनले लोकपथसँग भने ।

त्यसो त नेकपा एमालेले निरन्तर प्रतिनिधि सभा विघटनको विरोध गर्दै आइरहेको छ । यसअघि बसेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै त्यसको विरोध जनाएको थियो, साथै प्रतिनिधि सभा पुनस्थापनाको पक्षमा रहेको समेत बताउँदै आइरहेको छ ।

एमालेको विघठित प्रतिनिधि सभा अन्तर्गतको संसदीय दलको बैठक मंसिर २ गते दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?