सर्‍यो राप्रपाको केन्द्रीय समिति बैठक

लोकपथ
63
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पूर्वनिर्धातिर केन्द्रीय समिति बैठक सरेको छ ।

राप्रपाले आगामी कार्तिक २७ र २८ गतेका लागि केन्द्रीय समिति बैठक आह्वान गरेको थियो । तर आइतबार विशेष कारण देखाउँदै राप्रपाले केन्द्रीय समिति बैठक सारेको हो ।

राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले विज्ञप्ति जारी गर्दै आगामी मंसिर २८ र २९ गते बस्नेगरी केन्द्रीय समिति बैठक सारिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?