मतदातालाई धन्यवाद दिँदै झाँक्रीले भनिन्– ‘म केही निर्णय लिँदैछु’

लोकपथ
1.4k
Shares

काठमाडौं । पूर्वमन्त्री रामकुमारी झाँक्रीले आफूले थप निर्णय लिने बताएकी छन् । झाँक्री उनको दल नेकपा एकीकृत समाजवादी माओवादीसहित वाम शक्तिहरुसँग मिल्न गएसँगै एमालेमा जाने तयारीमा छन् ।

त्यसो त नेकपा एमालेसँग पार्टी विभाजनपछि एकीकृत समाजवादी निर्माणमा सक्रिय सहभागि भएकी झाँक्री पार्टीभित्र समेत भूमिकाविहीन बनेकी थिइन् । पार्टी रुपान्तरणका नेतृत्वलाई दबाब दिएका कारण नेतृत्वविहीन बनेकी झाँक्री पार्टी माओवादीसहितका वाम शक्तिहरुसँग मिल्न गएसँगै त्यसमा असहमति जनाइन् । तर एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसहितका नेताहरु वाम एकतामा पनि नजाने र एमालेमा पनि नफर्किने अडान कायम रहँदा उनी भने एमालेमा नै फर्किने तयारीमा रहेकी हुन् ।

आइतबार सामाजिक सञ्जालमा लेख्दै झाँक्रीले अहिले राजनीतिक उतारचढावमा रहेका कारण आफूले नयाँ निर्णय लिन लागेको बताएकी हुन् । साथै यसअघि आफूलाई मत दिने मतदाताहरुलाई धन्यवाद समेत दिएकी छन् ।

‘मेरो राजनीतिक जीवनको उतारचढाव हो यो । तपाईँहरूप्रतिको मेरो उत्तरदायित्व सधैँ रहनेछ । खासगरी गत निर्वाचनमा म तपाईँहरू बिचमा आएँ आफ्नो दल बिर्सेर वा मलाई आफ्नो ठानेर वा मलाई आफैँ जस्तो ठान्नुभयो । यो सहयोग, सद्भाव र स्नेहलाई सधै मानषपटलमा राख्नेछु । मैले केही निर्णय लिदैँछु । यसलाई हजुरहरूले सामान्य रूपमा लिनको लागि हार्दिक अनुरोध गर्दछु,’ उनले भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?