काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार पूरक परीक्षामा सहभागी विद्यार्थीमध्ये ७३ दशमलव ४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत असोज ७ र ८ गते सम्पन्न पूरक परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ७६ हजार ३ सय ६७ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।
बोर्डले ४ जनाको परीक्षाफल रद्द गरेको जनाएको छ । यसअघि गत साउन ११ गते प्रकाशित नियमित परीक्षामा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए ।
नतिजा हेर्नका लागि नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस पठाउन सकिने बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया