काठमाडौं । नेकपा एमालेले पार्टीका पूर्वनेता कार्यकर्ताहरुलाई लक्षित गर्दै ‘घर फर्क राष्ट्रिय अभियान’ चलाउने भएको छ ।
एमालेले सोमबार (कार्तिक २४) गतेबाट सो अभियान चलाउन लागेको हो ।
भोलि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा एमालेले सो अभियान उद्घाटन गर्न लागेको हो ।
खासगरीमा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी अन्य दलहरुसँग मिल्न गएपछि केही नेताहरु असन्तुष्ट बनेका छन् ।
असन्तुष्ट बनेका नेताहरुलाई समेट्न यसअघि नै अध्यक्ष केपी शर्मा ओलीले आफ्नै घर फर्किन आह्वान समेत गरेका थिए । वाम शक्तिहरुसँग मिल्ने पार्टीको निर्णयविरुद्ध रहेका केही नेताहरु एकीकृत समाजवादीमै सक्रिय रहेका छन् भने कतिपय नेताहरु एमाले फर्किने तयारीमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया