काठमाडौं । नक्सालस्थित भाटभटेनी सुपरस्टोर भत्काउने क्रममा पुरिएका दुई मजदुरको उद्धार गरिएको छ । उद्धार गरिएका दुवै जनालाई उपचारका लागि तत्काल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
‘जेनजी आन्दोलन’का क्रममा लागेको आगलागीपछि क्षतिग्रस्त बनेको भाटभटेनी सुपरस्टोर आइतबार भत्काउने क्रममा मजदुरहरू मलबेमा पुरिएका थिए ।
प्रहरीका अनुसार घटनापछि स्थानीय र प्रहरीको सहकार्यमा उद्धार कार्य गरिएको हो । अहिले घटनास्थलमा थप दुर्घटना हुन नदिन प्रहरी र उद्धारकर्मी परिचालन गरिएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र मजदुरहरूको अवस्थाबारे जानकारी लिइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया