काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध हस्ताक्षर अभियान सुरु गरेको छ ।
शनिबारबाट विघटित प्रतिनिधि सभाका सांसदहरुले त्यसको विरुद्ध हस्ताक्षर अभियान सञ्चालन गरिरहेको हो ।
आफूहरुले जारी केन्द्रीय समिति बैठकमा बुझाउने र पार्टीलाई नै प्रतिनिधि सभा पुनस्थापनाको पक्षमा उभ्याउने उदेश्यले हस्तक्षर अभियान सञ्चालन गरिएको कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले लोकपथलाई जानकारी दिए । उनका अनुसार शनिबारबाट उक्त अभियान थालिएको हो ।
‘हाम्रो केन्द्रीय समिति बैठक जारी रहेको छ । केन्द्रीय समिति बैठकमै हामीले हाम्रो हस्ताक्षर बुझाउने र पार्टीलाई असंवैधानिक रुपमा गरिएको संसद विघटन पुनस्थापनाको पक्षमा उभ्याउन हाम्रो अभियान सुरु भएको हो,’ उनले भने ।
सांसदहरु सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर हस्ताक्षर संकलन गरिरहेका छन् ।
नेकपा एमालेले प्रतिनिधि सभा पुनस्थापनाको पक्षमा रहेको बताइरहँदा नेपाली कांग्रेसभित्र भने एकमत देखिँदैन । कांग्रेसका शीर्ष नेताहरुले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भने पनि पुनस्थापनाको पक्षमा भने बोलेका छैनन् । यता प्रतिनिधि सभा विघटन गरी बनेको सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ का लागि घोषणा गरेको निर्वाचनमा भाग लिने तयारीमा कांग्रेस रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया