निर्वाचनमार्फत देशलाई निकास दिलाउन दृढ सरकार : गृहमन्त्री अर्याल

लोकपथ
70
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पाइलैपिच्छे सुशासनको बाटोमा हिँड्दै देशलाई निर्वाचनमार्फत निकास दिलाउन वर्तमान सरकार दृढताका साथ अघि बढेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले मुलुकमा सुशासन कायम गर्दै प्राप्त जिम्मेवारीअनुसार निर्वाचन सम्पन्न गरी राजनीतिक स्थायित्व र निकास दिने लक्ष्यप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

गृहमन्त्री अर्यालले भनेका छन्, ‘आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प छैन । कार्यकालको अन्त्यमा जनतालाई धैर्यका लागि धन्यवाद दिनेछौँ ।’

मन्त्रालय हरेक हिसाबले संवेदनशील रहेको जनाउँदै उनले थपे, ‘कतिपय विषयमा के गर्दैछौँ भन्न मिल्दैन, के गर्‍यौँसमेत भन्न नमिल्ने अवस्था हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?