रौतहटमा पूर्वमन्त्री आलमको निधनमा तीन पालिकाले दियो सार्वजनिक बिदा

लोकपथ
742
Shares

रौतहट । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनमा रौतहट जिल्लाका तीन स्थानीय पालिकाले शोक बिदा दिएको छ ।

आइतबार राजपुर, ईशनाथ र परोहा नगरपालिकाले छुट्टाछुट्टै शोक विज्ञप्ति जारी गर्दै आज एकदिनका लागि सार्वजनिक बिदा दिएको घोषणा गरेका हाे ।

ती पालिकाले विज्ञप्तिमा नेता आलमको निधनले जिल्लाले अनुभवी र प्रभावशाली राजनीतिक व्यक्तित्व गुमाएको उल्लेख गरेका छन् ।

पूर्वमन्त्री आलमको शनिबार निधन भएको थियो । उनी रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य समेत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?